कञ्चनरुप ।


मंसिर १७ गते २०७७ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँ बीउ वितरण शुरु गरेकोे छ ।

नगरपालिकाले कार्यालय परिसरमै इच्छुक१२ वटै वडाका कृषक समूहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरणकार्या थालेको कृषि विकास शाखाका वेचन सढोक यादवले बताउनुभयो ।
यसअघि पनि कञ्चनरुप नगरपालिकाले च्याउको बीउ, मौसमी तथा बेमौसमी तरकारी फलफूल, धान मकै, औषधी तथा उन्नत जातको बोका वितरण गर्दै आएको छ ।












