Logo

रुपनिमा माहुरीको टोकाइबाट महिलाको मृत्यु

                     
Logo १७ मंसिर २०७७, बुधबार १६:३१    

कञ्चनरुप

मंसीर, १७ गते २०७७ ।

सप्तरीमा रुपनि गाउँपालिका वडा नम्बर १मा माहुरीको टोकाइबाट एक गर्भवती महिलाको मृत्यु भएको छ ।

रुपनि गाउँपालिका वडा नम्बर १ का राजेश कुमार यादवकी २४ वर्षीया श्रीमती रमिला देवी यादवको घर नजिकैको खेतमा काम गर्न गएको बेला अचानक माहुरीले टोक्दा मृत्यु भएको हो । माहुरीको टोकाइबाट सख्त घाइते भएकी रमिलाको तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको र उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

उनको मुख, घाँटी र छातीमा एकै पटक सयौं माहुरीले टोकेका थिए । माहुरीको टोकाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिए पनि उनको मृत्यु भएको परिवारजनले बताएका छन् । मृतक महिला ६ महिनाकी गर्भवती रहेको युनिक अस्पतालउनको उपचारमा खर्टिका स्वास्थ्य र्काीहरुले बाताए ।


लोकप्रिय छुटाउनुभयो कि ?