कञ्चनरुप


मंसिर १५ गते २०७७ ।
सप्तरीको कञ्चनरुप, सुरुङ्गा नगरपालिका र तिरहुत गाउँपालिकामा निर्माण हुने १५ शैय्याको सरकारी अस्पतालको आज शिलान्यास गरिएको छ ।

संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको सरकारी अस्पताल निमार्ण गर्ने नीति अनुसार बन्न लागेको प्राथमिक अस्पतालको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र , सुरुङ्गा नगरपालिका नगर प्रमुख मुक्तिनाथ चौधरी , तिरहुत गाउँपालिका अध्यक्ष हेमन्त कुमार बहडखेरले अलग अलग समयमा शिलान्यास गर्नुभयो ।
यस अधिनै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तीनवटै स्थानीय तहहरुलाई कार्तिक २८ गते गरेको पत्राचार बमोजिम कंचनरुप नगरपालिका अन्तर्गत पर्ने कंचनपुर प्राथमिक स्वास्थ्य केन्द्र, तिरहुत गाउँपालिकाको लोहजारा स्वास्थ्य चौकी तथा सुरुङ्गा नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्रलाई १५÷१५ शैय्याका को अस्पतालका रुपमा स्तरोन्नत्ति गर्ने जनाईएको थियो । 
५ शैय्याको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैय्याको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शैय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी रहने तथा संघीय सरकारको सहयोगमा स्थानीय तहले नै अस्पताल निर्माण तथा सञ्चालन गर्ने ब्यवस्था छ ।
पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइनेछन । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ ।
संघीय मामिला मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीका अनुसार तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो बर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ ।
प्रदेश नं. २मा एकै दिन विभिन्न जिल्लामा १० शैय्याको १६ वटा र १५ शैय्याको ३७ वाटा अस्पतालको आज शिलान्यास गरिएको छ ।
यसै गरी प्रदेश नं. १ मा ५ शैय्याको २७ वटा र १० शैय्याको १४ वटा १० शैय्याको ५४ वटा आजै शिलान्यास गरिएको छ ।
बागमती प्रदेशमा ५ शैय्याको ८ वटा र १० शैय्याको २० वटा १० शैय्याको ३४ वटा शिलान्यास भए भने ,गण्डकी प्रदेशमा ५ शैय्याको ११ वटा र १० शैय्याको १४ वटा १० शैय्याको २८ वटा , लुम्बिनी प्रदेशमा ५ शैय्याको ५ वटा र १० शैय्याको ५ वटा १० शैय्याको २७ वटा ,यसै गरी कर्णली प्रदेशमा ५ शैय्याको १ वटा र १० शैय्याको ९ वटा १० शैय्याको ३२ वटा र सुदुरपश्चिम प्रदेशमा १० शैय्याको ३१ वटा १० शैय्याको २३ वटा आजै शिलान्यास गरिएको छ ।












