Logo

कञ्चनरुपमा भोलीबाट कक्षा ५भन्दा माथिका सबै कक्षाहरु संचालन

                     
Logo १३ मंसिर २०७७, शनिबार १८:४८    

कञ्चनरुप

मंसिर १३ गते २०७७ ।

कञ्चनरुप नगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु आइतबारदेखि ५ कक्षा माथिका कक्षाहरु संचालन गर्ने भएका छन ।

यसअघि नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि माध्यमिक तहको कक्षा सञ्चालनमा ल्याएको थियो ।

विद्यार्थीको पढाइलाई ध्यानमा राखी नगरपालिकाले नगर भित्रका सबै सामुदायिक तथा निजी विद्यालय खोल्ने अनुमति दिइएपछि विद्यालयहरुले पढाई सञ्चालनमा ल्याएको कञ्चनरुप नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमे कुमार चौधरीले बताउनुभयो ।

कञ्चनरुप नगरपलिका भित्र सामुदायीक तथा निजि गरि १५ वटा माध्यमिक विद्यालय तथा ४ वटा कलेज (क्याम्पस) र सामुदायीक तथा निजि ५१ आधारभूत विद्यालय संचालमा छन ।


लोकप्रिय छुटाउनुभयो कि ?