कञ्चनरुप


मंसिर १३ गते २०७७ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु आइतबारदेखि संचालन हुने भएका छन् ।

गाउँपालिकाले विद्यालय संचालन कार्यढाँचा,२०७७ बमोजिम विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
गाउँपालिकाको जनप्रतिनिधि, शिक्षा संयोजक, शिक्षा शाखा प्रमुख एवं सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकसहितको संयुक्त बैठकले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको हो ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण गत चैत्र महिनादेखि बन्द रहेका विद्यालयको शैक्षिकसत्र खेर जान नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।












