Logo

लैङ्गिक हिंसा विरुद्ध अभियानको चौथो दिन फलफूल वितरण

                     
Logo १३ मंसिर २०७७, शनिबार १८:११    

कञ्चतनरुप

मङ्सिर १३ गते २०७७ ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज राजविराजमा अस्पतालका बिरामीहरु, पोषण गृहका कुपोषित बालबालिका र बाटोमा हिंडने विपन्न जेष्ठ नागरिक र बालबालिकाहरुलाई फलफूल वितरण गरिएको छ ।

राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरसफाईका साथै बिरामीहरुका साथै हिंसा पीडित महिलाको सफल र दिर्घ जीवनको कामना लागि फलफूल वितरण र सरसफाई गरिएको

मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले बताउनुभयो । संयोजक पोखरेलले बिरामीहरु फलफूल वितरणका क्रममा अस्पतालको आकस्मिक कक्षमा रगतको कमी भएका एक विरामीले माग गर्नासाथ समितिले तत्काल रगत उपलब्ध गराएको छ । समितिका तर्फबाट ग्रीन नेपालका अध्यक्ष खेलानन्द दासले बिरामीका लागि एक पाउण्ड रज्ञmदान गर्नुभयो ।

सप्तरी युथको संयोजनमा भएको आजको कार्यक्रममा इन्सेक, सामुदायिक सेवा केन्द्र, एकल महिला समूह, राजविराज जेसीज, उच्च अदालत बार एकाई, हुर्क नेपाल, ग्रीन नेपाल समग्रका प्रतिनिधीहरुको सहभागिता रहेको युथ सप्तरीका अमर यादवले जानकारी दिनुभयो ।

विभिन्न संघ–संस्थाको संयोजनमा मूल समारोह समितिले १६ दिने कार्यक्रमअन्तर्गत व्यक्तित्वकला, चित्रकला, कविता प्रतियोगिता, कानुनी शिक्षा, तालिम, अन्तरक्रिया, मर्यादिन महिनाबारीबारे सम्वाद, सेनेटेरी प्याड वितरण, पीडितलाई हौसला र सहयोग प्रदान, ¥यालीलगायतको कार्यक्रम तय गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?