Logo

सहरमा लैङ्गिक हिंसा बिरुद्ध अभियान गाउँमा महिलाहिंसा बालिका बलात्कारको प्रयास

                     
Logo १३ मंसिर २०७७, शनिबार ११:११    

कञ्चनरुप

केन्द्र देखी स्थानिय तह सम्म लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरि मनाईर हदा सप्तरीमा दुई महिलामाथी निर्घात कुटपिट र एक बालिकामाथि यौन दुव्र्यबहार भएको छ ।

कोइलाडी गाउँपालिका वडा नं. ६ बभनगामा कट्टीकी बुलबुलदेवी यादव महिला धरेलु हिंसाको सिकार भएछि छन । उनलाई आफ्नै देवर र भतिजालले मरणासन्न गरि कुटपिट गर्दा हात भाचिदिएको छ ।

बुलबुलदेवीको नम्बरी जग्गाबाट बाटो नदिएको निहुमा देवर राधेश्याम यादव र भतिजो धर्मेन्द्र यादवले बिहीबार राती बाँसको भाटा र फलामे रडले हिर्काएर दुबै हात भाचिदिए भने टाउँकोमा ९ वटा टाँका लगागेको छ ।

उता बिहीबार नै विष्णुपुर गाउँपालिका ६ मा छिमेकीको छानामा पराल खान्न खोज्दा प्रतिकार गर्ने छिमेकीमाथि नै निर्घात कुटपिट भएको छ ।

विष्णुपुर–६ रन्जितपुरकी १५ वर्षिया कल्पना मुखियाको घरको छनामा पराल राख्दै गरको देखे पछि घरको छानो कमजोर रहेको भन्दै कल्पना आफैले हटाउन खोजीन तर उनका छिमेकी पुसो मुखिया र सुरज मुखियाले छानामा पराल रोकेको भन्दै किशोरी माथि निर्घात कुटपिट गरेका छन् ।

बेहोस अवस्थामा कल्पनालाई गाउँलेको मद्दतबाट अस्पताल भर्ना गरिएको छ भने उनको सरिरभरी निलडाम रहेको बताईइको छ ।

घटनाका आरोपितहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तिरहुत गाउँपालिका–५ लोहजारामा ७ वर्षकी बालिकालाई स्थानीय ७६ वर्षका लक्ष्मी महतोले घरमा बोलाएर दूधभात खान दिएर उनले बलात्कारको प्रयास गरेको आरोपमा महतोलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको डीएसपी नरेश सिंहले बताए ।

दूध भात खान दिई उनको कपडा खोली करणी गर्न खोज्दा बालिका चिच्याउन थाल्दा स्थानीयहरु गएर बालिकाको उद्धार गरेको तिरहुत ५ का वडा अध्यक्ष रमानन्द चौधरीले बताए ।

वडा अध्यक्ष चौधरीका अनुसार महतोले ५ बर्षअघि पनि गाउँकी एक बालिकासँग यस्तै किसिमको यौन दुव्र्यबहार गरेका थिए । ‘त्यस बेला गाउँले मिलेर उनलाई ६ सय रुपैयाँ जरिवाना तिराएर छाडिएको थियो’ ।


लोकप्रिय छुटाउनुभयो कि ?