राजविराज


मङ्सिर १२ गते २०७७ ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत सप्तरीको राजविराजस्थित के.अ. मा.वि. मा किशोर किशोरी कानूनी शिक्षा विषयमा तालिम सम्पन्न भएको छ ।

यौन दुव्र्यवहार, बालयौन दुराचार, संविधानमा मौलिक हक, बालअधिकार, बाल विवाहसम्बन्धी कानूनी व्यवस्थालगायतका विषयमा कानुन व्यवसायीहरुबाट तालिम गराइएको हो ।
लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ मूल नाराका साथ आयोजित तालिममा बिद्यालयका किशोर–किशोरीलाई कानून व्यवसायीहरुले संविधान र कानूनी ज्ञान दिएको थियो ।
भौतिक दुरी कायम गरी दुई फरक कक्षामा तालिम सञ्चालन भएको थियो । कार्यक्रम जिल्ला बार एकाईको संयोजनमा भएको हो ।
तालिम अघि मूल समारोह समितिका सहसंयोजक अनीता देवकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला बार इकाईका अध्यक्ष डोमन साहले स्वागत र प्रधानाध्यापक बिनोद साहले शुभकामना मन्तव्य राख्नु भयो । कानूनी ज्ञानका अभावमा हिंसाविरुद्ध आवाज उठाउन, प्रतिवाद र प्रतिरोध गर्न नसकिने भएकाले किशोरकिशोरीलाई कानूनी रुपमा सबल बनाउन तालिमको आयोजना गरिएको मूल समारोह समितिका अध्यक्ष मनोहर पोखरेलले बताउनु भयो ।












