कञ्चनरुप


मंसिर १८ गते २०७७ ।
उदयपुरको बेलकानगरपालि तपेश्वरी स्थित वन गस्तीका क्रममा भेटिएको भरुवा बन्दुक पड्कदा एक वनरक्षकको मृत्यु भएको छ ।

वन गस्ती गर्ने क्रमा वनमा भेटिएको भरुवा बन्दुक पड्कदा त्यसको छर्रा लागेर सवडिभिजन वन कार्यालयका वनरक्षक ४० वर्षीय लेखनाथ वास्तोलाको निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ६ जनाको बुधबार गस्ती टोलीले स्थानीय भुलभुले सामुदायिक वन उपभोक्ता समूह क्षेत्रबाट तस्करले छाडेको अवस्थामा एउटा भरुवा बन्दुक बरामद गरी ल्याउएको र कार्यालय आएपछि बन्दुक झिक्ने क्रममा पड्केर घट्ना भएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । उनका अनुसार राति १० बजे भएको घट्नाबारे थप अनुसन्धान भईरहेको छ । स्थायी घर सुनसरीको दुहवी रहेका वास्तोलाको घट्नास्थलमै निधन भएको प्रहरी भनाई छ ।












