Logo

कञ्चनरुपले २४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान

                     
Logo १९ मंसिर २०७७, शुक्रबार ०६:१७    

कञ्चनरुप

मंसिर १८ गते ।

कञ्चनरुप नगरपालिकाले २९औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

सामाजिक विकास, महिला तथा बालबालिका शाखाद्वारा कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता भन्ने नाराकासाथ आयोजित २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

वडाको सिफारिसमा प्रत्येक वडाबाट २ जना अपाङ्गता भएका व्यक्तिहरु छनोट गरी वडा नम्बर १ देखि १२ वटै वड बाट जम्मा २४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

विश्व स्वास्थ्य संस्थाको प्रतिवेदन अनुसार विश्वको कुल जनसंख्याको आधारमा १५ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको र नेपालको २०६८ सालको जनगणना अनुसार ५ लाख १३ हजार ३ सय २१ अपाङ्गता भएका व्यक्तिहरु रहेको जसमा महिला २ लाख ३३ हजार २ सय ३५ र पुरुष २ लाख ८० हजार ८४ जना रहेका छन् ।

सप्तरीमा ८ हजार ४४ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको , जसमा महिला ४ हजार ६ सय १, पुरुष ३ हजार ४ सय ४३ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको बताइएको छ ।

स्थानीय अपाङ्गता समन्वय समितिको संयोजक एवं उपप्रमुख निरु पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा ै नगर उपप्रमुख निरु पोखरेल निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडका, नगर प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साह , सल्लाहकार खिलनाथ पोखरेल, लगायतका वक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरु अधिकारलाई सुनिश्चित गर्न नगरपालिकाले कार्य योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?