कञ्चनरुप


मसिर १९ गते २०७७ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सप्तरीको राजविराज नगरपालिकामा कार्यपालिका सदस्यहरुसँग लैङ्गिक हिंसा सम्बन्धी अन्तकृया कार्यक्रम भएको छ ।

प्रादेशिक कानुनी सहायता समितिको संयोजनमा ‘लैङ्गिक हिंसा सम्बन्धी कानुन’ विषयक अन्तकृया कार्यक्रम सम्पन्न भएको कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेलले बताउनु भयो हो ।
कार्यक्रममा ‘विवाह, वैवाहिक बलात्कार, बहुविवाहको कानून’ बारे अधिवक्ता मनु खनाल र ‘घरेलु ंिहसा’बारे अधिवक्ता किरण साहले अन्तरक्रियात्मक छलफल पोखरेलले बताउनु भयो हो ।
पोखरेलले लैङ्गिक हिंसाले महिला, पुरुष, तेस्रो लिङ्ी सबैलाई प्रभाव पारेकोले समस्या बुझ्न र आफ्नो भूमिका खोज्न सबैसँग आग्रह गर्दै नीति निर्माताले लैङ्गिकमैत्री कानुन बनाउने, कार्यान्वयन गर्नेले कानुन कार्यान्वयन गर्ने र हरेक नागरिकले हिंसा विरुद्ध खबरदारी गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मदनकुमार थापा, सूचना अधिकारी मनोजकुमार यादव, राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, उपाध्यक्ष मीना साह, समग्र जनउत्थान केन्द्रका कृष्णकुमार साह, मैथिली महिला परिषद्की प्रतिमा देवलगायत वडा अध्यक्षहरुले आ–आफ्नो विचार राख्नु भयो ।
मूल समारोह समितिका अध्यक्ष मनोहर पोखरेलको अध्यक्षता एवम् नगर प्रमुख शम्भुप्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर १ देखि १६ सम्मका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
शनिबार दिउँसो १२ बजे राजविराज ६ स्थित बहिरा बालक स्कूलमा नयाँ बुहारीसँग अनुभव आदानप्रदान कार्यक्रम राखिएको आयोजक समितिले जनाएको छ ।












