Logo

जातिय नाश्लबदी एक क्षत्रीय शासकीय प्रणाली हाबी : राजेन्द्र महतो

                     
Logo २४ मंसिर २०७७, बुधबार १०:०४    

कञ्चनरुप

मंसिर २४ गते २०७७ ।

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले जातिय नाश्लबदी एक क्षत्रीय शासकीय प्रणाली हाबी बढदै गएकोले सहिदको बलिदानीबाट बनेको संबिधानले समेत अधिकार पाउन नसकेको बताउनु भएको छ ।

सप्तरीको रुपनी गाउँपालिकामा मंगलवार रुपनी गाउँपालिका वडा नम्वर ४ स्थित छपकीमा सहीद खुशीलाल यादव र नागेश्वर यादवको सालिक अनावरण गर्दै उनले यस्तो बताउनु भएको हो ।

जनताको कठोर संघर्षबाट राजनीतिक परिवर्तन भए पनि शासकीय सोचमा परिवर्तन आउन नसकेको आरोप लगाउनु भयो ।

महतोले , संघीय गणतन्त्र शसन ब्याबास्था पनि बिगतमा जस्तै एकै जातिको हालिमुहालीका कारण अझै जनता अधिकार बाट बन्चित रहेको र अधिकार प्राप्तिका लागि सबै उत्पीडित समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिनुयो । महतोले मधेशि, आदिवासी जनजाति, दलित मुश्लिम, महिलाको हक अधिकार सुनिश्चितताको लागि पार्टी एकता गरेको दाबी गर्नु भयो ।

कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का साँसद चन्द्रकान्त चौधरी, जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एबम राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, पार्टीका कार्यकारिणी सदस्य एबम प्रदेश २ का प्रदेस सभा सदस्य मनिश सुमन, प्रदेश सभा सदस्य नेत्रबिक्रम साह, पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य केशव झा, जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादव, तिलाठी कोईलाडी गाउँ पालिका अध्यक्ष सतिस कुमार सिंह, केन्द्रिय सदस्यहरु गजेन्द्र मण्डल, सुर्यनाथ यादव, जिल्ला अध्यक्ष केदार यादव,सुनिल झा लगायतका नेताहरुको समेत उपास्थिती रहेको थियो । लक्षमण यादवद्वारा संचालित कार्यक्रममा स्वगत केन्द्रिय सदस्य दिनेश यादवले स्वागत गर्नु भएको थियो ।

सहिद नागेश्वर कुमार यादव तेस्रो मधेस बिद्रोहको क्रममा रुपनी चौकमा प्रहरीको गोलि लागेर मृत्यु भएका थिए भने खुशीलाल यादव मधेस र मधेसीको बिभेद विरुद्ध आन्दोलनका क्रममा राज्यको गोलि प्रहारबाट मृत्यु भएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?