Logo

पोखरीमा माछा मार्ने विषयमा झडपमा बन्चरोले लागेरबाट एक मृत्यु

                     
Logo २९ मंसिर २०७७, सोमबार ११:२१    

कञ्चनरुप

मंसिर २९ गते २०७७ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–३ माछा मार्ने क्रममा भएको विवाद बढेर झडप हुँदा सप्तरीमा आइतबार राति एक महिलाको मृत्यु भएको छ

बोदे बरसाईन नगरपालिका–३ कुशमाहारमा दुई पक्षबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य सोही पक्षका ४ जना घाइते भएका छन् ।

सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो स्थानीयबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा राति १० बजे झडप भएको हो । झडपमा स्थानीय ४० वर्षीया गंगीयादेवी मण्डलको मृत्यु भएको छ । टाउकोमा बन्चरो लागेर मण्डल घटनास्थलमै ढलेको प्रत्येक्षदर्शीले जानकारी दिए ।

झडपमा १८ वर्षीय धिरज मण्डल, ४५ वर्षीय जयनारायण मण्डल र ४० वर्षीय सुरेन्द्र मण्डलको टाउकोमा गम्भीर चोट लागेको छ भने ४५ जोगिन्द्र मण्डल घाइते भएका छन् ।

गम्भीर चोट लागेका चारैलाई उपचारको लागि विराटनगरस्थित न्यूरो शिक्षण अस्पताल पठाइएको छ ।

झडपमा संलग्न अर्को पक्षका चार जनालाई पक्राउ गरिएको छ ।

४५ वर्षीय विजय मण्डल, २५ वर्षीय सुरेन्द्र मण्डल, २० वर्षीय रवित मण्डल र ५० वर्षीय छोटु मण्डललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?