कञ्चनरुप


मंसिर २९ गते २०७७ ।
केहि दिनदेखी बढेकोे चिसो र शीतलहरको कारण सप्तरी गायत तराईको जनजीवन प्रभावित भएको छ ।

बिहानैदेखि वाक्लो हुस्सु लागन्ुका साथै चिसो हावा लागे पछि तापक्रम घटदै जादा सर्वसाधारणको दैनिकी समेत प्रभावित भएको छ ।
कुहिरो र चिसो हावा बतासले हात खुट्टा नै कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या भएको छ ।
समान्यतया पुसको दोश्रो साताबाट शुरु हुने शितलहर मंसिरको अन्तिम साताबाटै प्रारम्भ भएको छ । पछिल्लो १० दिन यता एक्कासी बढेको चिसो तथा शितलहरका कारण यतिखेर सप्तरीको जनजीवन अस्तव्यस्त भएको छ ।
पछिल्लो दुई साता यता चिसो हावासँगै परिरहेको शितलहरले सप्तरी, सिरहा, सुनसरी, धनुषा, उदयपुरसहितका जिल्लाहरुको जनजीवन प्रभावित हुन पुगेको छ । सप्तरीमा मात्रै शितलहर बाट वर्षेनी दुई दर्जन ब्यक्तिको कठयांग्रिएर मृत्यु हुने गर्दछन् ।













