Logo

नेपाली कांग्रेसको राजविराजमा वृहत प्रदर्शन ,देशव्यापी विरोधसभा

                     
Logo २९ मंसिर २०७७, सोमबार १८:३१    

कञ्चनरुप

मंसिर २९ गते २०७७ ।

नेपाली कांग्रेसले आह्वान गरेको देशव्यापी प्रदर्शनका क्रममा सप्तरी सदरमुकाम राजजिराजमा पनि विशाल प्रदर्शन भएको छ ।

पार्टीको केन्द्रीय सर्कुलर अनुसार जिल्ला समितिहरुले प्रदर्शन गरेको हो । सरकारको दमन र सर्वसत्तावादको बिरोधमा कांग्रेस नेता कार्यकर्ताहरुले पार्टीको झण्डा सहित व्यापक प्रदर्शन गरेका छन ्। जिल्ला समितिहरुले सदरमुकामहरुमा भव्य प्रदर्शन गरेका छन् ।

देशमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसा एवं दमनका घटना बढेपछि कांग्रेसले सरकार विरोधी आन्दोलनको अगुवाई गरेको हो ।

देशव्यापी प्रदर्शनका क्रममा पार्टीका सभापति शेरबहादुर देउवाले हेटौडाको विरोधसभालाई सम्बोधन गरे भने काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कैलालीको धनगढीमा यूवा नेता गगन थापा, कञ्चनपुरको महेन्द्रनगरमा प्रदीप पौडेल, अछाममा एनपी साउद सहितका नेताहरुले विरोध सभामा सम्बोधन गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीद्वारा समेत राजविराजमा वृहत प्रदर्शन गरिएको छ । पार्टीका जिल्ला सभापति दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित सभामा पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री चित्रलेखा यादव पूर्व राजदूत डा. सुरेश चालिसे, पूर्वमन्त्री हेमराज तातेड, पूर्व गृह राज्यमन्त्री रामकुमार चौधरी, पूर्व सासद सकलदेव सुतिहार, जिल्ला सचिव रामकुमार यादव लगायतले सम्बोधन गरे ।

स्थानीय राजरंगशालाबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै शहिद दशन चौकमा पुगेर सभामा परिणत भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?