Logo

गूगलमा समस्या :सम्पूर्ण सेवाहरु डाउन भए

                     
Logo २९ मंसिर २०७७, सोमबार १८:४२    

सप्तरी

सोमबार साँझ गूगलमा समस्या देखिएको छ । विश्वभर गुगलका सम्पूर्ण सेवाहरु डाउन भएका छन्। पौने ६ बजेबाट गूगलमा समस्या देखिएको हो ।

गुगलका लोकप्रिय एप युट्युव, जिमेल लगायतका सबै सेवा नेपाल सहितका मुलुकमा डाउन भएका हुन् ।

गूगलका कुनै पनि फिचर्सहरु चलिरहेका छैनन् । त्यस्तै गूगल अन्तर्गतकै यूट्युव पनि चलिरहेको छैन । बिगत केही दिनबाटै बेलाबेला गूगलमा समस्या आइरहेको छ ।

जीमेल एकाउन्टामा ‘टेम्पररी इरोर’ देखाएको छ भने ‘यूट्युवमा समथिङ विन्ट रङ’ भन्ने गरेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?