Logo

राजविराजमा विद्युत सर्ट भई आगलागी हुँदा एक वृद्धको मृत्यु

                     
Logo ३ पुष २०७७, शुक्रबार ०९:४१    

कञ्चनरुप

पौष ३ गते २०७७ ।

सप्तरीको राजविराज नगरपालिका–१६ बोरिमा विहान करिब ४ बजे विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।

गोठमा सुतिरहेका ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको छ । शवको मुचुल्का गरी पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाइएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद यादवले जानकारी दिए ।

सोही आगोमा घरमा रहेको धनमाल जलेर करिब एक लाख रुपैयाँको क्षति भएको छ । आगो नेपाल प्रहरी, दमकल र स्थानीयवासिन्दाको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा आएको जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?