Logo

दुलहीझैं सिँगारियो जानकी मन्दिर

                     
Logo ३ पुष २०७७, शुक्रबार ११:४५    

जनकपुर

पुष ३ गते २०७७ ।

विवाह पञ्चमीका दिन प्रत्येक बर्ष परम्परादेखि राम र सीताको वैवाहिक कार्यक्रम महोत्सव चलिरहेको छ ।

आगामी शनिबार पर्ने विवाहपञ्चमीका लागि जानकी मन्दिर झकीझकाउ रंगीविरंगी विद्युतीय सजावटले मन्दिर रातको समयमा थप आकर्षक पारिएको छ ।

मिथिला संस्कृतिअनुरूप विवाहपञ्चमीका अवसरमा जनकपुरमा सप्ताहव्यापी महोत्सव चलिरहेको छ । पण्डाल, फूलमाल र विद्युतीय बत्ती जडान गरी जानकी मन्दिरलाई दुलहीजस्तै सिँगारिएको छ । जानकी मन्दिरले बर्सेनि आयोजना गर्ने विवाह महोत्सवमा भव्य मेला लाग्ने गर्छ । तर यस वर्ष अयोध्याबाट जन्ती नआउने भएपछि खल्लो भएको छ ।

सोही दिनका लागि जानकी मन्दिर परिसरमा रामलीला देखाइन्छ । यसपालि कोभिड–१९ का कारण नेपाल–भारत सीमा बन्द भएकाले भारतको अयोध्याबाट साधुसन्त विवाह महोत्सवमा सहभागी नहुने भएका हुन् । विवाह महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष–यज्ञको कार्यक्रम र बिहीबार चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैटौं दिन स्वयंवर तथा विवाह र सातौं दिन राम कलेवा आयोजना गरिन्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?