चिसो र हुस्सुका कारण सप्तरी लगायत तराईको जनजिवन कष्टकर बन्दै गइरहेको छ । तराईका जिल्लामा बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बन्न थालेको छ । मंसिरको अन्तिम सात देखी लगातार घाम नलाग्ने, बाक्लो हुस्सु र कुहिरो लाग्ने, शिरशिर हावा चल्ने र अत्याधिक चिसो चिसो बढेको छ । बिहानैदेखि घाम नलागि बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चलनाले तापक्रम कम हुँदै जाँदा सर्वसाधारणलाई आवतजावत गर्न र दैनिक रुपमा गुजारा गर्न समेत समस्या भएको छ । चिसोले गर्दा बालबालिका, वृद्धवृद्धा, ठेला, मजदुरी, विपन्न तथा दैनिक ज्यालादी मजदुरलाई बढि सताएको छ ।


लामो समय देखी कोरोरानमा बन्ध भएर भखर खेलेको विद्यालयमा समेत प्रभाव परेको छ । चिसो बढेसँगै अधिकतम तापक्रम घटेने क्रम रहेकाले आफ्ना वालवालिका लाई विद्यालय पठाउदा न्यानो कपडा लगाई सुरक्षित तवरले पठाउँ । बालबालिकामा लाग्ने रूघाखोकि, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतको समस्या भएकाले सुरक्षित रहन आग्र गरिन्छ । किन की गत वर्ष चिसोको कारण कयौ मािनसले ज्यान गुमाएका छन ।













