कञ्चनरुप


पौष ३ गते २०७७ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ६ बर्षीयवलकको शव परालको थुप्रोमा फेला परेको प्रहरीले जनाएको छ ।

वालक हराए पछि खोजी गर्ने क्रममा शुक्रबार शव परालको थुप्रोमा लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहका अनुसार बिहीबार साँझ पख घरबाहिर खेल्न निस्केका स्थानीय रोहित मुखियाका छोरा आनन्द मुखिया वेपत्ता भएका थिए ।
‘उनलाई स १ त ७७५२ नम्बरको गाउँकै ट्याक्टरले ठक्कर दिएर मारेको रहेछ’ प्रवक्ता साहले भने, ‘बालकको मृत्यु भएपछि चालकले शव परालको थुप्रोमा गएर लुकाएका रहेछन् ।’
बालकलाई ठक्कर दिने ट्याक्टरका चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












