कञ्चनरुप


पौष ४ गते २०७७ ।
नेपाली कांग्रेसका सप्तरी क्षेत्र नम्बर १ का सह–सभापति ललन प्रसाद गुप्ताले केहि सञ्चार माध्यमले आफू माथि बदनियत पूर्ण एवं षड्यन्त्रका साँथ आफू माथि आर्थिक लेनदेन गरेको भन्ने समाचार कपोकल्पीत तथा निराधार भएको बताएका छन् ।

शनिबार प्रेश विज्ञप्ती निकालीआफु र क्षेत्रि यरुपमा नेपाली काँग्रेसको चरित्र हत्या हुने गरि समाचार सम्प्रेषण गरेकोमा घोर आपत्ति रहेको जनाएका छन् ।
गुप्ताले विज्ञप्तीमा भनेका छन् –गतवर्ष सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा टेम्पु दुर्घटनामा परि एक जनाको उपचारको क्रममा ज्यान गएको सन्दर्भमा चालकलाई छुटाउन ३ लाख ५ हजार रकमलिएको भन्ने समाचार कपोलकल्पीत रुपमा मेरो र पार्टीको चरित्र हत्यागर्ने मनसायले नियोजित रुपमा केहि पार्टीले पिडित पक्षलाई फकाइफूलाई गराई सडयन्त्रमा समाचार सम्प्रेषण गर्नु घोर आपत्ति रहेको र मैले कसैसँग पैसा लिएको प्रमाणित गेरेर देखाउन समेत बिज्ञप्ति मार्फत चुनौती समेत दिएका छन् ।
गुप्ताकाअनुसार केही पार्टीका नेताको मिलोमतोमाचरित्र हत्यागर्ने प्रयास गरेको भन्दै पैसा लिएको आरोप झुटो र विभिन्न पार्टीकाको षड्यन्त्र समाचार सम्प्रेषण गरेकोमा मेरो र काँग्रेस पार्टीको घोर आपत्ती रहेको बताएका छन् । त्यस घटनाका सम्बन्धमा मेरो चरित्र हत्यागर्ने खालको मनसायले पार्टीगत रूपमा संलग्नभई आरोप लगाउने सडयन्त्रको ठोस सबुत प्रमाण म संग रहेको छ, आवश्यक परेमा सो समेत उपलब्ध गराउन सक्ने उनले विज्ञप्तिमा भनेका छन ।
गतबर्ष सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा टेम्पु दुर्घटनामा परि एक जनाको उपचारको क्रममाज्यान गएको थियो । पूर्व पश्चिम राजर्माग स्थित बरमझियामा २०७६ सालभदौ ५ गते ना ३ स २१०७नम्बरको टेम्पुबाट कञ्चनरुपनगरपालिका २ का फागु साह (हलुवाई) सख्त घाईते भएका थिए । घाईते साहलाई उपचारको लागिबिपी कोइराला विज्ञान प्रतिष्ठान धरान (घोपा) लगिएको थियो ।
धरानबाट थपउपचारको लागि बिराटनगरको न्यूूरो अस्पतालमाउपचारको लागिलगियो र उपचारकै क्रममाभदौ ११ गते साहको ज्यानगएको थियो ।












