Logo

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

                     
Logo १४ पुष २०७७, मंगलवार १६:३१    

कञ्चनरुप

पौष १५ गते ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको जंगली हात्तीको आक्रमणमा परि चालु आर्थिक बर्षको ६ महिना नबित्दै १९ जनाको ज्यान गएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय कुसहा, सुनसरीका सूचना अधिकारी झोलाई चौधरीको अनुसार जंगली हात्तीको आक्रमणमा परी चालु आवमा सबभन्दा बढी व्यक्तिको ज्यान गएको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आ.व. २०७५ ÷ ०७६ मा ८ जनाले र आ.व. २०७६ ÷ ०७७ मा ४ जनाले ज्यान गुमाउनु परेको थियो । पछिल्लो पटक सुनसरीको कोशी गाउँपालिका –४मा जंगली हात्ती मोकनाको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मोकनाले दर्जनभन्दा बढी व्यक्तिलाई मारेको भएपनि राज्यपक्षले नियन्त्रण नगरेको भन्दै स्थानीयले पूर्व पश्चिम लोकमार्गमा हात्तिबाट मारिएका कोशी गाउँपालिका – ४ का १९ बर्षीय मोती कामतको शव सडकमा राखेर चक्काजाम गरेका थिए । सोमबार राती करिब ८ः३० बजेको समयमा जुद्घगञ्जमा रहेको मासु पसलबाट मासु किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?