कञ्चनरुप


पौष ७ गते २०७७ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले अति विपन्न परिवारलाई जाडोबाट बच्नका लागि मंगलबार सिरक वितरण गरेको छ ।

अति विपन्नता भएका परिवालई छनोट गरी प्रथम चरणमा १०० परिवालाई कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्तकुमार मिश्र तथा उप प्रमुख निरु पोखरेले जाडोबाट बच्नका लागि सिरक तिरण गर्नु भएको छ ।
प्रथम चरण अन्र्तगत नगरपालिकाको १२ वडाका अति विपन्न परिवारलाई वितरण गरिएको हो । क्रमस अन्य वडामा पनि वितरण गर्ने तयरी रहेको नगर प्रमुखले बताउनु भयो ।
सिरक वितरण कार्यक्रमम १२ नम्वरका वडा अध्यक्ष देवी बहादुर खत्री , वडा सदस्य सोम मगर उपस्थित रहेको थियो ।
नगरपालिकाले गत वर्ष पनि २ हजार अतिविपन्न परिवालई सिरक वितरण गरको सामजिक विकास शाखाका राजेश यादवले बताउनु भयो ।














