कञ्चनरुप


पौष १३ गते ।
प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार नेपाली कांग्रेस सप्तरीले चारै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

केन्द्रीय निर्णय अनुसार सप्तरीका चार ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिएको हो ।
निर्वाचन क्षेत्र नम्वर १ को भारदह, निर्वाचन क्षेत्र नम्वर २ को राजविराज, निर्वाचन क्षेत्र नम्वर ३ को रुपनी र निर्वाचन क्षेत्र नम्वर ४ को मधुवनी धातीमा प्रदर्शनसहित विरोध सभा आयोजना गरिएको थियो ।













