Logo

कञ्चनरुप मानसिक स्वास्थ्य सम्बन्धि छ दिने आधारभूत तालिम

                     
Logo १३ पुष २०७७, सोमबार १९:३६    

कञ्चनरुप

पौष १३ गते २०७७ ।

कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले सोमबारबाट छ दिने मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिम सुरु गरेको छ ।

पौष १३ गते दखी पौष १८ गते सम्म संचालन हुने मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिममा नगरपालिका स्वास्थ्य शाखा मातहतमा रहेका स्वास्थ्य संस्थाका कर्मीहरु सहभागी रहने जनाइएको छ । कोशी अस्पताल विराटनगरका मनोचिकित्सक डा. प्रभात चालिसे , मनोपरामर्श एवं कार्यक्रमका हिमाल गैरेले सहजिकरण गर्नुहुने छ ।

तालिमको उद्घाटन नगर प्रमुख बसन्त कुमार मीश्र ले गर्नु भयो भने कार्यक्र को अध्यक्षता नि. प्रमुअ प्रशासकीय अधिकृत नवराज खड्काले गर्नु भएको थियो ।

तालिम उघाटनमा नगर प्रवक्ता एवं वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साह, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव , सह–संयोजक सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव, मानसिक परामर्श सेवा नेपालकी रञ्जना चौधरी, पोषण कार्यक्रमकी सहजकर्ता सुशीला चौधरी संचार कर्मीहरुको उपस्थीती रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?