Logo

मिलको फित्तामा कपाल बेरिएर मृत्यु भएकी छात्रा सोकमा विद्यालय बन्द

                     
Logo १३ पुष २०७७, सोमबार २०:००    

कञ्चनरुप

पौष १३ गते२०७७ ।

सप्तरी अग्नीसाइर कृष्णासवरणमा मिलको फित्तामा कपाल बेरिएर एक युवतीको मृत्यु भएको छ ।

अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ रतवालाका राजदेव पण्डितकी १७ वर्षीया छोरी नोनिया पण्डितको आफैंले चलाएको कुटानी पिसानीको मिलमा रहेको फित्तामा कपाल वेरिएर मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

गत मंसिरमा कञ्चनरुप स्थीत शंकर माविको कक्षा ११मा भर्ना भएकी थिइन भने उनको मृत्यु पछि शंकरमा मावि सोकमा सोमवार विद्यालय बन्द गरिएको थियो ।

शव पोष्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?