Logo

ओलीको दम्भले पार्टीमा दुर्घटना निम्तियो

                     
Logo २३ पुष २०७७, बिहीबार २२:५९    

कञ्चनरुप

पौष २३ गते २०७७ ।

नेकपाप्रदेश नं. २का सह–इन्चार्ज नागेन्द्र चौधरीले प्रधानमन्त्री केपीओलीको दम्भले पार्टी दुर्घटनामा परेको बताउनु भयो । सप्तरी क्षेत्र नं. १माबिहिवार आयोजितविरोध सभालाईसम्वोधनगर्दे सह–इन्चार्ज चौधरीले उक्त कुरा बताउनु भएको हो । ओलीकै दम्भकाकारण दुइतिहाईको जनमतको समेत सदुपयोग गर्न नसकिएको चौधरीले बताउनुभयो । नेपालको संविधानमाप्रधानमन्त्रीलाई प्रतिनिधी सभा विघटन गर्ने अधिकार नभएको वताउदै प्रधानमन्त्रीले संसद विघटन गरेर तानाशाहीप्रबृती देखाएको चौधरीले कथनथियो ।

विरोध सभाकाअर्का वक्तानेकपा केन्द्रिय सदस्यएवं प्रदेश नं. २प्रदेश सभाकाप्रमुखविपक्षीदलका नेता सत्रुधनमहतोले जनमतकोअबमुल्यन गरेर प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको आरोप लगाउनु भयो । जनमतको कदर नगर्ने ओलीप्रवृतिका नेतालाई जनताले ठेगानलगाउने महतोले ठोकुवागर्नु भयो ।

संविधान सभा सदस्यअसफी सदाको अध्यक्षता सम्पन्नबिरोध सभामा नेकपा केन्द्रिय सदस्यएवं सप्तरी इन्चार्ज रामपृत पासमान, केन्द्रिय सदस्यएवं जिल्लाअध्यक्ष अमर मण्डल,पुर्वसिचाई मन्त्रीउमेश यादवजिल्ला सदस्यहरु नारायण आचार्य, वेचनचौधरी, राहुल मण्डल, रबिन्द्र चौधरी लगायकाबक्ताले ओलीको संबैधानिक कू को बिरुद्ध सडक संघर्षमाउत्रनजनतालाई आह्वानगनुभयो । कर्याक्रममाअसर्फी सदाको अध्यक्षता सातसय एक सदस्यीय संर्घष समिती गठन गरेको घोषणा गरिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?