Logo

सप्तरीमा विद्युतीय धरापमा परेर जंगली हात्तीको मृत्यु

                     
Logo २५ पुष २०७७, शनिबार १७:५३    

कञ्चनरुप

पौष २५ गते २०७७ ।

सप्तरीको खडक नगरपालिकामा –४ मा शुक्रबार राति गहँ खोलमा थापेको विद्युतिय धरापमा परेर हात्तीको मृत्यु भएको हो ।

गहुँ खेती बचाउनका लागि लगाइएको विद्युतिय धरापमा ५ वटा समूहमा आएका हात्तीमध्ये एउटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्रकुमार पासवानले बताए ।

सप्तरीको कोशी र चुरे क्षेत्रमा दैनिक रुपमा हात्ती आएर आतंकित बनाउन थालेपछि यस क्षेत्रका बासिन्दाले विद्युतीय धराप लगाउने गरेका छन् ।

यसअघि सप्तरीकै कञ्चनरुप नगरपालिकामा यसअघि ७ मंसिरमा एउटा हात्तीको ३३ हजार केभिएको हाइटेन्सन लाईनबाट मृत्यु भएको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?