खगेन्द्र कार्की ,फत्तेपुरः


मनकामना बहुमुखी सहकारी सस्था फत्तेपुर को १२ औं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
सप्तरीको को फतेपुर,ओद्रहा,कमलपुर,पिप्रापुर्ब,कंचनपुर ,जगतपुर र धरमपुर लाई कार्यक्षेत्र बनाइ २०५७ साल मा स्थापना भएको सहकारीको को ४सय ६३जना सेयर सदस्य रहेको सस्था को आ.ब.२०७६र०७७ को १२करोड ३४लाख ८७हजार १ सय ६४रुपैया ८२ पैसा बराबर को आय(ब्याय प्रस्तुत गरेको छ। सहकारी ले किसान हरुको जीवन स्तर उकास्ने उदेश्य राखी पशुपालन, कृषि ब्याबसाय लाई सहुलियत ब्याज दर मा कर्जा उपलब्ध गराउनु का साथै किसान हरु लाई दुग्ध खरिद बिक्री समेत गर्ने गरेको छ।गाउँ मा छरिएर रहेको पूंजीलाई संकलक को माध्यम बाट घर घर मा पुगि दैनिक बचत संकलन गरि १ लाख सम्म बिना धितो कर्जा प्रबाह गरि सेयर सदस्य हरु लाई सेबा दिदै आएको सस्था का ब्याबस्थापक पिताम्बर बराल ले जानकारी दिए ।अपनाउ सहकारी पद्धति हटाउ गरिबी र बेरोजगारि भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारण सभा मा अशोक चौधरी को अध्यक्षता मा सम्पन्न कार्यक्रम सस्था का स ब्याबस्थापक दिपक खड्का ले कार्यक्रम सन्चालन गरेका थिए ।













