डम्बर राई


कञ्चनरुप सप्तरी
पौष २८ गते २०७७ ।

छोराको उपचार गर्न मोटो रकम लाग्ने भएपछि आर्थिकका लागि छटपटिएका पिडित कञ्चनरुप नगरपालिका १२ स्थित सीतापुर बस्ने मन कुमार नेपालीलाई स्थानियहरुले सहयोग गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर स्थानियहरुले भने—समाजका एकजना युवा मृत्युको शैयामा भौतारी रहेको छ हाम्रो थोरै थोरै सहयोगले उसको जीवन बच्छ भने सहयोग किन नगर्ने ? आर्थिक सहयोग जुटाउँन युवा, महिला, अगुवा ब्यक्तित्व लगायतका टोली भोली देखि नै खट्ने भएका छन् । यस अघि आफ्नै गाउँघरमा संकलन गरिएको १५ हजार पाँचसय रुपैयाँ समाजसेवी देब नारायण श्रेष्ठले मन कुमार नेपालीलाई हस्तान्तरण गर्नुभयो । सुनसरी धरान घोपामा उपचारका लागि एक महिना अगाडी भर्ना गरिएका नेपालीका १६ बर्षिय छोरा राजिब नेपालीको पूर्ण उपचार हुन ३० लाख सम्म लाग्नसक्ने र थप उपचारका लागि काठमाडौ सिभिल अस्पताल लैजानुपर्ने त्यहाँका डाक्टरले बताउँदै आएका कुरा पत्रकार सम्मेलनमा नेपालीले बताए । केहिदिन मात्र अगाडी भारतबाट रोग परिक्षण भई आएको रिपोर्टमा बनमेरो नामक रोग रहेको र यस रोगको उपचार गर्न ठुलो खर्च लाग्ने तत्काल डाक्टरको प्रारम्भिक अनुमान छ । सुनसरीको इटहरीमा ज्यामी काम गरी आफुसंगै चारजनाको गुजारा चलाउँदै आएका ३९ बर्षे नेपाली ससुरालीले दिइएको घडेरीमा बस्दै आएका छन् । नेपालीले उपस्थित सबैसंग अनुरोध गर्दै भने—मेरो कक्षा ८ मा अध्ययनरत छोरालाई धरान घोपामा पुर्याई भर्ना मात्र गरेको छु तर डाक्टरको सल्लाहानुसार उपचार गर्नभने सकेको छुइन, उपचारका लागि काठमाडौ लैजानुपर्छ मसंग कुनै जेथा छैन हजुरहरुले आर्थिक जुटाइदिए मेरो छोरा बाँच्छ । अब धेरै समय छैन, मेरो छोराको जीवनरक्षाका लागि थाहापाउने सम्पूर्ण महानुभावले कुनै माध्यमबाट भएपनि सहयोग पुर्याइदिनु हुन भन्दै सम्मेलन मार्फत अनुरोध गरेका छन् । उनले आथर््िाक सहयोग गर्नेहरुका लागि प्रभु बैंकमा रहेको ०५४०१३०३९१७०००१२ खाता नम्बर समेत दिइएका छन् । समाजसेवी देब नारायण श्रेष्ठको अगुवाई तथा बिनिता श्रेष्ठको पहलमा पिडितलाई आर्थिक जुटाउँने कार्य भएको छ ।
[video width="1280" height="720" mp4="https://kanchan24.com/wp-content/uploads/2021/01/video_20210112_111258.mp4"][/video]












