Logo

शितलहरका कारण सप्तकोशी नपा भित्रका विद्यालयहरु बन्द

                     
Logo २ माघ २०७७, शुक्रबार १९:०६    

कञ्चनरुप

पौष २ गते २०७७ ।

विगत केही दिनयताको बढ्दो चिसो तथा शितलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि सप्तरीको सप्तकोशी नगरपालिकाका विद्यालयहरु बन्द गरिनेभएको छ ।

शितलहरका अत्याधिक चिसो बढे पछि बालबालिकामा बढी प्रभाव पर्ने भन्दै सप्तकोशी नगरपालिकाकाले माघ ६ गते नगर क्षेत्रभित्र पर्ने ११ सरकारी र १६ वटा निजी विद्यालयहरु बोर्ड बैठकबाट निर्णय गरेर एक साताका लागि विद्यालयहरु बन्द गरिएकोे प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीले जानकारी दिनु भएको छ ।

बाक्लो कुहिरो तथा सामान्य हावाको वहावसँगै चार पाँच दिनदेखि चिसो बढे पछि विद्यालयमा विद्यार्थीहरु आउन छाडेका छन भने दिनभरी हुस्सु कुहिरो लाग्ने गरेकोले बजार तथा सडकहरुमा सर्वसाधारणको चहल–पहल घटेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?