कञ्चनरुप


पौष २ गते २०७७ ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको कञ्चनरुपमा सडक अण्डमा म्याजिक र फुलडाला ट्रक एक आपसमा ठोकिँदा चार जना घाइते भएका छ्न ।

कञ्चनरुप १२ स्थित रुपनगरमा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको को १ ज ३०७३ नम्बरको म्याजिक र पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ५ ख २५१३ नम्बरको फुलडाला ट्रक एक आपसमा ठोकिँदा चालक सहित ४ जना घाइते भएका छन ।
घाइते हुनेहरुमा उदयपुरको बेलका नपा ५ रामपुर निवासी म्याजिकका चालक १९ बषिृय हरिबहादुर सार्की , सोही नगरपालिका वडा न. ४ रामपुरका १३ बर्षिय अबिशेक पौडेल , कन्चनरुप १२ रुपनगरकी ३५ बर्सिय संचिता आचार्य र कन्चनरुप नगरपालिका वडा न.११ का ५२ बर्षिय मैकर चौधरी रहेका छ्न ।
उनिहरुको स्थानीय धर्मेश्वर हस्पिटल मा उपचार गराइ थप उपचारका लागि बिराटनगर लागिको छ । यता ट्रक र म्याजिक्लाइ नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय कंचनपुर मा राखिएको प्रहरिले जनाएको छ ।













