खगेन्द्र कार्की ,फत्तेपुरः


माघ ५ गते २०७७ ।
सप्तरीको सप्तकोसी फत्तेपुरमा रहेको स्वास्थ्य चौकी मा सोमबारदेखि २४ घण्टे इमर्जेन्सी सेवा सुरु भएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुर स्थित स्वास्थ्य चौकीमा २४ घण्टे इमर्जेन्सी सेवा सुरु भएको छ । सोम नगरपालिकाका मेयर उत्तमकुमार शर्मा ले एक कार्यक्रमको आयोजना गरी इमर्जेन्सी सेवाको उद्घाटन गरेका छन् ।अब स्वास्थ्य चौकि फत्तेपुर बाट २४ घन्टा इमर्जेन्सी सेबा, ल्याब लगायत सेबा एम बिबि एस डाक्टर हरु बाट उपलब्ध रहेने स्वास्थ्य चौकि प्रमुख राजकुमार दास ले जानकारी दिए ।
स्वास्थ्य चौकीमा यसअघि नै ल्याव तथा ५ वेडको कोभिड–१९ अस्थायी अस्पताल सन्चालन मा आइसकेको फत्तेपुर स्वास्थ्य चौकीवाट सप्तकोसी को११ वटै वडा र छिमेकी नगरपालिका उदयपुरको चौदण्ढि गढि र बेलका नगरपालिका का जनता लाइ समेत लाइ सिबिधा हुने शर्मा ले वताए ।
२४ सेबा का साथै चाँडै नै सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा ल्याईने मेयर शर्माको भनाई छ । नगरपालिकामा १५ वेडको अस्पताल सञ्चालनमा लागि पनि आवश्यक तयारी भईरहेको र फागुन भित्र शिलन्यास गरिने उनले वताए । अस्पतालतका लागि आवश्यक उपकरणका लागि स्वास्थ्य सेवा विभागमा कुरा भएको छ। उपलब्ध गराउने आश्वासन पाएका छौं ।












