Logo

दुहवी खण्डमा माईक्रो दुर्घटनाहुदाँ तीन जनाको मृत्यु

                     
Logo ६ माघ २०७७, मंगलवार १७:१४    

इनरुवा

माघ ६ गते २०७७ ।

सुनसरीको इनरुवा दुहवी खण्डमा माईक्रो दुर्घटनाहुदाँ ३ जनाको मृत्यु भएको छभने ८ जना घाइते भएका छन् ।

बिराटनगर बाट राजबिराज तर्फ आउदै गरेको माइक्रो र विपरित दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को३४प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिए पश्चात माईक्रो सडक किनारमा पल्टेको छ । दुर्घटनामा मोटरसाइकल चालक सहित तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डल र माईक्रोका सह– चालक सप्तरी घर भएका शंकरकुमार यादव रहेका छन् ।

मृतक मध्ये एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको छ । उनीहरु सबैको उपचारको क्रममा मृत्यू भएको तथा अन्य घाईतेहरुको उपाचार भैरहेको जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?