अम्विका दाहाल


राजविराज
माघ ७ गते २०७७ ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संसद विघटनलाई सदर गराउन प्रधानमन्त्रीले सर्वाेच्चलाई धम्क्याउने काम गरिरहेको आरोप लगाएका छन ।
संसद विघटनको विरोधमा जसपा सप्तरीले बुधबार सदरमुकाम राजविराजमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन ।
जाँदाजाँदै प्रधानमन्त्री ओलीले पनि अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पजस्तै महाअभियोग खेप्नु परे झैं ओलीलाई पनि यस्तै सामना गर्नुपर्ने उनले बताए ।
प्रधानमन्त्रीको यो ताकतमा कुनै दम छैन,’ उनले भने, ‘नेपालमै ठूला राजा महाराजाहरु आएर गएको इतिहास छदैछ । संसद विघटन गरेको संवैधानिक भएकोे बताउने प्रधानमन्त्रीले असंवैधानिक चर्चा हुन थालेपछि राजनीतिक निर्णय गरेर विघटन गरेको बताउनुले असंवैधानिक कदम चालेको भनेर प्रधानमन्त्रीले स्वयं स्वीकारेको उनले बताए ।

यसैगरी विरोध सभालाई सम्बोधन गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले हामीले विरोध गर्दा गर्दे संविधान जारी गरे अहिले त्यही संविधामा लात्ले हाने त्यसैले ओली महाप्रतिगमनकारी भएको बताए भने मधेश, लिम्बुबान, मगरात, थरुहट सहित विभिन्न राज्य बनाइदिने र बराबरको अधिकार दिने नाममा १७ हजार जनतालाई मारेर प्रचण्डले संविधान बनाउने बेला यी सबै कुरा बिर्से त्यसैले प्रचण्डलाई धोकेबाजको भएको बताए ।
विरोधसभालाई पार्टीको, कार्यकारिणी सदस्यहरु रेणु यादव, मृगेन्द्र कुमार सिंह यादव, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह लगायत शिर्ष नेताहरूले सम्बोधन गरेका थिए ।













