कञ्चनरुप, ८ माघ ।


सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित हुलाकी सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मध्येरातमा हुलाकी राजर्माग अन्र्तगत बनौली सडक खण्डमा पूर्वतर्फ जादैै गरेको तीन जना सवार प्र.२–०१–००१–६१४६ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

दुर्घटनामा मोटरसाईकल चालक खडक नगरपालिका–११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार सोही ठाउँका २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारकोलागि अस्पताल लैजाने क्रममा मृत्यु भएको
मोटरसाईकलमा पछाडी सवार घाइते भएका २१ वर्षीय सुनीलकुमार चौधरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ । सुनीलको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको जनाएको छ । मृतकको शव पोष्माटमकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज राखिएको छ ।













