Logo

आफुहरुको लडाइँ गलत विचारको विरुद्द भएको :माधव नेपाल

                     
Logo १२ माघ २०७७, सोमबार २०:०१    

काठमाडौं ।

माघ १२ गते २०७७ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफूहरूको लडाइँ गलत विचारको विरुद्ध भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा प्रदेश २ का नेता तथा कार्यकर्तासँग सोमबार भेटघाट गर्दै नेपालले आफूहरूको लडाइँ सही विचारको निम्ति र गलत विचारको विरुद्ध रहेको स्पष्ट पारे ।

पार्टीभित्र पद र कुर्सीको हानाथाप भएको नभई पार्टीलाई विचार, विधि, पद्धति र राम्रो कार्यशैलीमा अघि बढाउनका निम्ति र गलत विचारको विरुद्धको भएको उनले बताए । अध्यक्ष नेपालले प्रतिनिधिसभा भंग हुने आधार नभएको बताए । प्रधानमन्त्री केपी ओलीको चुनाव गराउने इच्छा नभएको भन्दै संकटकाल लगाएर अथवा तानाशाह लादेर भए पनि सत्तामा बसिरहन चाहेको उनले जिकिर गरे ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहले गर्ने भनिएको सभा पञ्च ¥याली शैलिमा छ । प्रचण्डले अघि भने, पञ्चहरुले पनि आफ्नो शासन ढल्नेढल्ने बेलामा कर्मचारी, पुलिसलाई ¥याली गरेका थिए अन्त त पतन भए । प्रचण्डले भने, ओली प्रतिक्रान्तिकारी भइसके, कलंकको टीका लगाइसके ।’ जति ठूलो सभा भएपनि के सानो भए पनि के ?

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले विगत तीन वर्षमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुष्प्रयास गरेको बताए । समाजवादी बाटो छोडेर भद्दा किसिमको पुँजीवादी उदारवाद अपनाएका कारण पार्टीमा प्रश्न उठ्दै गएको उनको भनाइ छ । ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भए पनि देशभर जनअपेक्षाअनुसारको बजेट नदिएको उनले आरोप लगाए ।

खनालले प्रतिनिधिसभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशिता तथा गणतन्त्रमाथिको आक्रमण भएको पनि बताए । ओलीले मुलुकलाई प्रतिक्रान्तिको दिशातर्फ धकेल्ने कोसिस गरिरहेको खनालको भनाइ छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?