Logo

प्रचण्डले आदमखोर आन्दोलन गर्न खोज्नुभएको हो :ओली

                     
Logo १९ माघ २०७७, सोमबार १७:५८    

लहान, १९ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद बिघटनलाई असंवैधानिक रहेको तर्क वितर्क गरिरहका छन् ‘संसद विघटन संवैधानिकै छ ।’

स्व. हेमनारायण यादवको १७ औं स्मृति सभाको अवसरमा सिराहा सदरमुकाममा सोमबार आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना नहुने दाबी गर्दै प्रदेश २ मा पहिलो चरणमै निर्वाचन हुने समेत बताए ।

प्रचण्डले अब शाकाहारी आन्दोलन हैन आदमखोर आन्दोलन गरी पूनः मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको हो ।’

धनुषाको ढल्केवरमा देशकै सबैभन्दा ठूलो सब–स्टेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन आयोगको काम निर्वाचन गर्ने हो, नगरेर हुन्छ गराउनै पर्छ ।’ उनले आफूलाई मधेशी विरोधी भनेर प्रचार गरिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

‘केपी ओली मधेश विरोधी भनेर भन्छन् तर कुनै मधेशप्रेम भएको एउटा डोमको छोरालाई उठाएर हेर्नुहोस् तर उठाउनु हुन्न, त्यही भएर खोक्रो नारा लगाएर हुँदैन, उर्वरभूमि मधेशको विकास गरौं ।’ उनले भने, ‘केपी ओलीलाई मधेशविरोधी भन्छ, तर उसैले मधेशको बाटो, सडक, ढल, सिचाई ल्याउँदैछ, भागिरथले गंगा ल्याएर हामी पहाड छेडेर कोशी ल्याउँछौं, हामी हाम्रो देश बनाउँछौं ।’

पशुपतिमा १५१ किलोको सुनको जलप हालिदिन्छु भनें परम्परा बिग्रियो भनेर केही पत्रकार र मिडियाले लेखे । उनले भने, ‘किसानको छोरो तपाइहरु किन पत्रकारिता गर्नुभो, प्रोफेसर किन बन्नुभो, किसानको छोरा किसान, भए भइहाल्थ्यो नि, अनि पो परम्परा बाँच्थ्यो ।’


लोकप्रिय छुटाउनुभयो कि ?