Logo

कांग्रेस भातृ संगठनले सप्तरीमा प्रदर्शन

                     
Logo १९ माघ २०७७, सोमबार १८:४६    

कञ्चनरुप

माघ १९ गते २०७७ ।

नेपाली कांग्रेसका १३ वटै भातृ संगठनले आज सप्तरी सहित ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गरेको छ ।

सप्तरीको राजविराजमा नेपाली कांग्रेसले नगरपालिकाको शहिद चौकमा विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसको १३ वटै भातृ संगठनका प्रतिनिधिहरुले प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन गर्ने निर्णय गैर संवैधानिक भएकाले यस निर्णयलाई खारेज गरेर सँसद पुनःस्थापना गर्नुपर्ने धारणा राखेका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?