Logo

पहिरोले महाकाली नदी थुनिएर ताल बन्यो, बेला फुट्न सक्ने

                     
Logo २० माघ २०७७, मंगलवार १८:४९    

दार्चुला

माघ २० गते २०७७ ।

दार्चुलाको माल्पामा पहिरो खस्दा महाकाली नदी थुनिएर ताल बनेको छ । नदी थुनिएर ताल बनेका कारण कुनै पनि बेला फुट्न सक्ने भन्दै स्थानीय प्रशासनले सचेत रहन सर्वसाधरणलाई आग्रह गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना प्रकाशित गरी सम्बन्धित क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘दार्चुलाको माल्पा भन्ने ठाउँमा ठूलो पहिरोको कारण महाकाली नदी थुनिन गएकाले कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी हुन आएकाले महाकाली नदी नजिक वस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको ब्यहोरा अनुरोध छ । naya page


लोकप्रिय छुटाउनुभयो कि ?