राजविराज ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सप्तरीको राजविराज सहित कठौना, कदमहा,कल्याणपुर,रुपनी,कञ्चनपुर,हनुमाननगर लगायत ठाउमा आमहड्तालले जनजीवन प्रभावित भएको छ ।
बन्दको कारण यातायात,शिक्षण संस्था,बजार, कलकारखाना,संध सस्था,सरकारी कार्यालयमा समेत बन्दको प्रभाव परेको छ ।

प्रदर्शनका क्रममा ‘राज्यको ढिकुटी रित्याउन पाइंदैन’ सरकारी पञ्च ¥याली चाहिँदैन’, ‘असंवैधानिक कदम खारेज गर’, ‘असंवैधानिक नियुक्ति खारेज गर’ जस्ता नारा लगाउँदै प्रर्दशन गरि रहेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनपुर, रुपनी, काठौना, कदमहा लगायतका ठाउँहरुमा सवारी साधनहरु सडकमै जाम गरेका छन् ।
बन्द गराउन विहानै देखि नेकपा प्रचण्ड नेपाल समूहका जिल्ला अध्यक्ष अशोक कुमार मण्डल,प्रदेश सदस्य महेश प्रसाद यादव,गोविन्द न्यौपाने ,पुर्व मन्त्रि उमेश यादव,युवा संधका निरञ्जन झा,विनोद यादव,वडाध्यक्ष जय नारायण मण्डल लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।













