Logo

सप्तरीमा छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु

                     
Logo २३ माघ २०७७, शुक्रबार ११:१९    

कञ्चनरुप, २३ माघ ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडानम्बर ६ कठौनास्थित पूर्वपश्चिम राजमार्गमा कारले दिएको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२ज ४०४७ नम्बरको कारले स१०प २७३३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करले गम्भीर घाइते भएका मोटरसाइकल चालक कृष्णसावरन गाउँपालिका १ बस्ने ६५ वर्षीय बहुरी चौधरीलाई उपचारका लागि घोपा क्याम्प धरान लागिएकोमा उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कार र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

सप्तरीमा घुर ताप्दै गरेकी एक ७५ वर्षीया वृद्धाको जलेर मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका–२ हरदियाका नन्कु पासवानकी पत्नी कमली देवी पासवानको जलेर मृत्यु भएको हो ।

गए राति आफनै घरमा घुर बालेर ताप्दै गरेकी वृद्धाको साडीमा आगो लागेर दुबै खुट्टा, घाँटी र ढाड जलेको थियो ।

जलेर गम्भीर घाईते भएकी वृद्धाको उपचारकोलागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा भर्ना गरिएकोमा उपचारकै क्रममा विहान करिब ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?