कञ्चनरुप


माघ २३ गते २०७७ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ४ स्थित रहेको नापी कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापटी व्यवसायी अरुण कुमार यादव १५ हजार घुस सहित पक्राउ परेको अख्यिार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

निमित्त प्रमुख ठाकुरले जग्गाको कित्ता काट गरी दिने भनी लेखापढी व्यवसायी यादवमार्फत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचनाको आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटेको टोलीले दुबैजनालाई घुस लिइसकेको अवस्थामा नापी कार्यालयसँगकै चिया पसलबाट रंगेहात नियन्त्रणमा लिएको हो













