Logo

सप्तरीका चार संसदिय क्षेत्रहरुमा बिरोध प्रर्दशन ओलीको पुतला दहन

                     
Logo २३ माघ २०७७, शुक्रबार १९:२४    

राजविराज

माघ २३ गते २०७७ ।

नेकपा (दाहाल–नेपाल) समुहले शुक्रबार सप्तरीको चार बटै संसदिय क्षेत्रहरुमा बिरोध प्रर्दशनका साथमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् ।

सप्तरीको संसदिय क्षेत्र नम्वर १ को भारदह, क्षेत्र नम्वर २ को राजविराज, क्षेत्र नम्वर ३ को कठौना र क्षेत्र नम्वर ४ को कल्याणपुरमा बिरोध प्रर्दशन र सभाको आयोजना गरेको नेकपा सप्तरीका ईन्चार्ज अशोक कुमार मण्डल (अमर)ले जानकारी दिए ।

प्रतिनिधी सभाको बिघटन र असम्बैधानिक नियुक्तीको बिरोधमा नेकपाले बिहीबार आह्वान गरेको नेपाल बन्दको क्रममा प्रदेश २ को स्थायी राजधानी जनकपुर लगायतै केही जिल्लाहरुमा भएको प्रहरी दमनको बिरोधमा नेकपा सप्तरीले बिरोध प्रर्दशन गरेको हो ।

बिहीबार जनकपुरमा बन्दको क्रममा पार्टीका पूर्व मन्त्रीद्वय मात्रिका यादव र रामचन्द्र झा सहितका नेता कार्यक्रर्तामाथि प्रहरी दमनको बिरोध गर्दै असम्बैधानिक रुपमा गरिएको प्रतिनिधी सभाको बिघटन बिरुद्धको आन्दोलनलाई निष्क्रर्समा पु¥याउन प्रतिगमनको बिरोधमा उर्तिएका राजनितीक दलहरु मिलेर संयुक्त आन्दोलन गर्नु पर्नेमा जोड दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?