Logo

काँग्रेसका शुभेच्छुक संस्थाहरुले राजविराजमा बिरोध प्रदर्शन

                     
Logo २४ माघ २०७७, शनिबार २०:३४    

कञ्चनरुप माघ २४ गते ।

प्रतिनिधी सभा विघट्नको विरोधमा शनिबार नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले राजविराजमा बिरोध प्रदर्शन गरेका छन् ।

राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध जुलुसमा प्रधानमन्त्री ओली विरुद्ध नारावाजी गर्दै नगरको विभिन्न भाग परिक्रमा गरी पुनः शिव मन्दिर प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाली काँग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवले कोणसभालाई सम्बोधन गर्देकम्युनिष्टहरु कहिले पनि देश चलाउन सक्दैन, अहिले उनीहरुका गुटले सत्ता सडक र जंगलबाट लोकतन्त्र र संविधान समाप्त पार्न लागेकोको आरोप लगााएका छन् ।

उनले भने प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई तुहाउने किसिमले संसद विघट्न गरेको आरोप लगाउँदै सर्वाेच्च अदालतले गर्ने निर्णय पार्टीलाई मान्य हुने बताए ।

जिल्ला सचिव राम कुमार यादवले कोणसभालाई सम्बोधन गर्दै संसद पुन स्थापना नभए सम्म काँग्रेस चुनावमा नजाने बताएका छन् । उनले भने संविधान विघटन गर्ने प्रधानमन्त्रीको कुनै अधिकार नरहेको संविधानमा उल्लेख गरिएको उनले बताए ।

नेपाल ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष मनोज मण्डलको अध्यक्षतामा आयोजित कोणसभामा कँंग्रेसका जिल्ला उप सभापति भुवन आचार्य, प्रभुनारायण चौधरी, पूर्व सभासद सकलदेव सुतिहार, नेपाल शिक्षक संघका केन्द्रीय पदाधिकारी पर्शुराम यादव, नेपाल शिक्षक महांघका जिल्ला अध्यक्ष दिनेश यादव सहितकाले मन्तव्य व्यक्त गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?