कञ्चनरुप


माघ २५ गते २०७७ ।
सप्तरीको कञ्चनरुप १२मा रहको शंकर माध्यमिक विद्यालयलाई रोटटरी क्लब अफ पाटन वेष्ट पाटनले शैक्षिक गुणस्तर अभिबृद्धि तथा भौतिक पूर्वाधारको लागी आर्थिकरुपले सहयोग गर्ने भएको छ ।

विद्यालयको आर्थिक अवस्थामा सुधार एवम् विकासका लागि विस्तृत रुपमा विकास गर्ने अभियान अन्तर्ग सप्तरीमा यस विद्यालय छनोट भएको रोटटरी क्लबका अध्यक्ष प्रदिपमान बैधले बताउनुभयो । कलबले विद्यालयलाई नमूना बनाउन दक्ष शिक्षक , अनुसाशित विद्यार्थी , सक्रिय अभिभावक, विकासशील स्थानिय तह, फिल्टरसहितको शुद्ध पिउने पानी , सुविधायुक्त सौचालय , सुविधायुक्त डेस्क ब्रेन्च आवश्यक पर्ने भएकाले विद्यालयलाई नमूना बनाउन रोटटरी क्लबले सहयोग गर्ने बताउनुभयो ।
विद्यालयलाई नमूनाका रुपमा रुपान्तरण गर्न कालागी करिव नेपाली रुपैया ४६ लाख बरावको आर्थिक सहयोग गर्ने भएको रोटटरी क्लब अफ पाटन अध्यक्ष प्रदिपमान बैधले जानकारी गराउनु भयो ।
आईतवार भएको छलफलमा कञ्चनरुपकाका नगर प्रमुख बसन्तकुमार मिश्र ,संस्थापक परिवारका पूर्व डिआइजी प्रेमलाल श्रेष्ठ , सप्लायस नेपालका प्रदिप खडका,ब्यवस्थापन समिती १२नम्वरका वडाअध्यक्ष देवी बहादुर खत्री, वडा सदस्यहरु, शिक्षक , अभिभावक , विद्यार्थी, समाजसेवी , बुद्धिजीवि , सञ्चारकर्मी , ९ नम्बर वडाका वडा अध्यक्ष लक्ष्मण यादव लगायतका व्यक्तित्त्वहरुको उपस्थिति रहेको थियो ।












