Logo

प्रधानमन्त्री ओलिको एक तानाशाही :प्रदेश दुईका सामाजिक बिकास मन्त्री

                     
Logo २६ माघ २०७७, सोमबार १६:१८    

कञ्चनरुप

माघ २६ गते .

प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले प्रधानमन्त्री ओलिको एक क्षत्रीय तानाशाही शासन ब्यबस्थाले प्रतिगामी शक्तिलाई बल पुगेको भन्दै मन्त्री साहले गैरसंवैधानिक कदमको सबै मिलेर प्रतिरोध गर्नु पर्ने बतउनु भएको छ ।

दलित सरोकार मंच नेपाल सप्तरीद्वारा सोमबार सप्तरीको महुलीमा आयोजित दलित सशक्तीकरण ऐना कार्यान्वयन अवःथा चुनौती र अबसर बिषयक दलित अगुवा संग अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले बताउनु भएको हो ।

प्रधानमन्त्री ओलिको तानाशाही शाह बन्दै जाने खतरा बढदै एकोले फागुनबाट संयक्त आन्दोलको तयारी हुदैछ भन्ने खुलासा गर्नृ भयो ।

आफ्नो संसदीय कोष र मन्त्रालय समेतले दलित समुदायको हकमा बजेटलाई प्रथामिकतामा राखेको बताउनुभएको छ । मन्त्री साहका अनुसार,‘चाँडै समितिहरु गठन गरेर ऐन कार्यान्वयनमा ल्याउन म प्रतिबद्धता छु .’ कर्मचारी अभावले काम गर्न केही कठिनाई हुने गरेको बताउदै मन्त्री साहले दलित अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको प्रष्ट पार्नुभो .। कार्यान्वयनमा आएपछि दलित माथी हुने सबै प्रकारको भेदभाव समाप्त हुने उल्लेख गरे . दलित समुदायको उत्थानका लागि प्रदेश २ सरकारले महत्त्वपूर्ण कामहरु गरेको चर्चा गर्दै मन्त्री साहले गर्नुभो ।

जनता समाजवादी दलित संघका संयोजक श्याम सरदारले दलित सशक्तीकरण ऐना ल्याएको भन्दै प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्नभएको थियो ।

पत्रकार भोला पासवानले .सातवटा प्रदेश मध्य छवटा प्रदेशमा दलितको अधिकारका लागि चर्चा समेत नभएको अवस्थामा प्रदेश नम्बर २ ले ऐन बनाएर दलितको उत्थानको पक्षमा उद्वरता देखाएको बताउनुभयो ।

दलित सरोकार मंच नेपालका अध्यक्ष युक्तिलाल मरिकको अध्यक्षतामा आयोजित कार्यक्रममा शम्भुनाथ नगरपाकाकी उपप्रमुख कबिता सरदार, रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी देवि सरदार, तिरहुत गाउँपालिकाका उपाध्यक्ष तिर्थमाया खंगले कानुनले छुवाछूत प्रथाको अत्य गरेपनी अझै पनि व्यबहारमा कायम रहेको बताए . ।


लोकप्रिय छुटाउनुभयो कि ?