Logo

छतबाट लडेर २ वर्षिय बालकको मृत्यु

                     
Logo ५ फाल्गुन २०७७, बुधबार १७:२८    

कञ्चनरुप

फागुन ५ गते ।

सप्तरीको डाकनेश्वरी नगरपालिकामा मंगलवार साँझ एक बालकको छतबाट लडेर मृत्यु भएको छ । वडा नम्वर–१० बनौलाका खुशिलाल मण्डलको २ वर्षिय छोरा दिपक मण्डलको छतबाट लडेर मृत्यु भएको हो ।

छतबाट लडेर घाइते भएका बालकको उपचारको लागि राजविराजतर्फ ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

शव शल्यक्रियाकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक साहले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?