Logo

भागरथी भट्टको हत्याका आरोपित प्रहारीद्वारा सार्वजनिक

                     
Logo ५ फाल्गुन २०७७, बुधबार १७:५४    

काठमाडौं

फागुन, ५ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको छ । प्रहरीका अनुसार भट्टले घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी उत्तमराज सुवेदीले आरोपीले भागरथीलाई शुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको बताए । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताए । घटनामा दिनेशको मात्रै संलग्नता पाइएको डीआईजी सुवेदीले बताए । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ ।

‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौं’ उनले भने । १६ वर्षको किशोरले १७ वर्षकी किशोरीलाई जबजस्ती बलात्कार र हत्या गर्न सम्भव छ त ? भन्ने प्रश्नमा उनले भने, ‘घटनास्थलको प्रकृति र उसले गर्नसक्ने गतिविधि हेर्दा गर्न नसक्ने भन्ने छैन ।’

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी १६ वर्षीय दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए ।

बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।

हामी दिनेशलाई मात्र अपराधी मान्दैनौ

 

यद्यपी भागरथीका परिवार तथा छिमेकीले भने प्रहरीले सार्वजनिक गरेका अभियुक्त दिनेश भट्ट एक जनामात्र अपराधी हुन नसक्ने बताएका छन् । ‘यो सानो १६÷१७ वर्षको केटाले एक्लै बलात्कार गरेर मार्न सक्दैन ।’ भागरथीकी आमाका अनुसार, ‘म दिनेश अपराधी होइन भन्न सक्दिन हुन सक्छ तर उ एक्लैले भने गरेको होइन, उ संग अरु पनि संलग्न छन् । ’दिनेशले मात्र एक्लै यति ठुलो अपराध गर्न नसक्ने भागरथीकी दिदि भारती भट्टले आशंका गरिन । उनका अनुसार दिनेश र भागरथी दिदिभाई र छिमेकी पनि भएकोले कहिले काँही विद्यालयसंगै आउने जाने गर्थे तर भागरथी माथी यति ठुलो अपराध उ एक्लैले गर्न सक्दैन । ‘प्रहरीले सार्वनजिक गरेको अभियुक्त हामी मान्दैनौ ।’ भागरथीकी दिदिले भनिन् । ‘ हामी उसले गरेन भन्दैनौ तर उसंग अरुपनि संलग्न हुनुपर्छ ।’ उनले अगाडी थपीन, ‘प्रहरीले अरुलाई पनि सार्वजनिक गर्नु पर्यो, होइन दिनेश एक्लै हो भने उसलाई नाबालक भनेर छोड्न र कम कारर्वाही गर्न पाइन्न ।’त्यस्तै उनका छिमेकी बलदेव भट्टले पनि दिनेशले मात्र एक्लै हत्यागर्न नसक्ने बताए । ‘म दिनेश भाईसंगै खेल्ने, हिडडुल गरेको छु ।’ उनले भने ‘मलाई लाग्दैन दिनेशले एक्लैले मात्र गरेको होला भनेर उसंग अरु पनि संलग्न छन् जस्तो लाग्छ ।’


लोकप्रिय छुटाउनुभयो कि ?