Logo

गरिवले जग्गाधनीपुर्जा पाउदा कमिशनखोर पछि लागे : कैलाश साह

                     
Logo ५ फाल्गुन २०७७, बुधबार २०:१५    

कञ्चनरुप

फागुन ५ गते ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कैलाश साहले ६६ अति विपनन तथा दलित परिवारलाई जग्गा धनीपुर्जा दिलाउदा समाजका केहि खराब मानिसहरुले चरित्रहत्या गराउँने काम गरेको भन्दै आपत्ती जनाएका छन् ।

अति विपनन तथा दलित परिवारका ६६ घरपरीवारले गाउँ ब्लक जग्गाको धनीपुर्जा प्राप्त गरेपछि कमिशनखोर बिचौलियाहरुले उल्टै मलाई नै लाखौ रुपैयाँ असुली गरेको भनी भ्रमात्मक समाचार गर्न मद्दत गरे । को को संग कति कति रमक मागरेको प्रमाण देखाउन आग्रह गरे साहले भने समाजका केहि खराब ब्यतिmको कुरामा अरुको चरित्र हत्या गर्न पाईन्छ ?

समाजको हकहितका लागि आफुले मेरुदण्ड बनेर निःस्वार्थ भावनाले काम गर्दै आएको छु तरपनि बिचोलियाहरुले झुट्ठोको खेती गरेर आफुलाई बदनाम गराउँदै हिडेको अध्यक्ष साहले बुधवार पत्रकार सम्मेलनमा बताए ।

गाउँब्लकको जग्गाको लागि २०७०—०७१ मा नापी गराउँने र सो जग्गाका लागि मौजावाल शान्त बिक्रम राणासंग जगा दावी र मुद्घामामलामा अहोरात्र संघर्ष गर्दै आज गाउँका विपन्न, गरीव समुदायलाई आफ्नो नामको कागज प्रमाण—पत्र उपलब्ध गराएको छु ।

समुदायमा दलितको बाहुल्यता रहेको र यिनिहरुमा आर्थिक, शैक्षिक लगायतमा कमजोर भएकोले यसको फाइदा उठाएर धनीपुर्जा र जग्गा मिलान गरीदिने भन्ने आश्वासनमा केहि बिचौलियाले तहल्का मच्चाउँदै आएका थिए तर तिनिहरुले ठग्न नपाएपछि रिस म माथी खन्याएका हुन् ।

साहले भने पथरीकै विवि फत्मा र सरीता ठाकुरले मलाई बदनाम गर्दे हिडेका छन ,दलित बस्तीका समुदाय र तिनिहरुका बालबच्चालाई बिधालयसम्म जान सजिलो होस् भनेर बाटो निर्माण गर्दा फतमाले भोचलन गर्दै आएको सरकारी जग्गा मिचियो भनेर उ माथी खनिएकी हुन ।

यसैगरी ठाकुरको छोराले चोरी गरेको मुद्घामा कारवाहीको प्रक्रियामा गएको थिए त्यहि रिस साध्न लागी परको समेत बताए ।

२०७५ सालमा राणा बिरुद्घ परेको मुद्घा खर्चका लागि समुदायको सल्लाह सहमतिले जनही रु पाँच सयका दरले जनही आफै—आफैले वकिल कृष्ण केसीलाई दिइका थियौ । प्रमाणत छदैछनी केहो भनेर

उपस्थित सबैले भर्खरै प्राप्त गरेको जग्गाको धनीपुर्जा देखाउँदै हामीसंग अध्यक्ष साहले रुपैया मागेका छैन बरु नापीशाखामा लागेको रु २५ पनि उनैले तिरिदिएका हुन आफुहरु रातौंदिन बनिबुतो गरेर गुजारा गर्नुपर्छ, खानलाई धौ धौ छ, पैसा नहुने हामीहरुले कहाँबाट ल्याएर दिनु ? यस्तो सवाल गर्दै सीताराम पण्डितले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?